अभियान चलाउँदै प्रेस चौतारी

पोखरा ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले संगठन विस्तार र सुदृढीकरण अभियान थाल्ने भएको छ । सोमबार बसेको पाँचौ पूर्ण बैठकले नयाँ सदस्यता वितरण, नवीकरण गरी सदस्यताको काम अद्यावधिक गर्ने निर्णय गरेको अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
उनले सदस्यको सबै विवरणसहित व्यवस्थित अभिलेख राख्ने निर्णय गरेको बताए । आसन्न पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा रणनीति बनाएर आवश्यक तयारी गर्न जिल्ला शाखालाई निर्देशन दिँदै बैठकले जिल्ला जिल्लामा पत्रकार कल्याणकारी कोषको स्थापना तथा पत्रकारिता पुरस्कारको व्यवस्थापन गर्न परिपत्र गरेको छ ।
केन्द्रीय लेखा आयोगको प्राविधिक सहयोगमा पत्रकार कल्याणकारी कोष सञ्चालन कार्यविधि बनाउन लागेको जानकारी दिदै अध्यक्ष पौडेलले एउटै कार्यविधि तयार भएपछि केन्द्र, प्रदेश र जिल्लाको कल्याणकारी कोषलाई एकरुपता दिने बताए । उनले पार्टी र चौतारी बीचको समन्वयलाई बढाएर पार्टीको प्रचारको कामलाई व्यवस्थित गर्ने निर्णय गरेको उल्लेख गरे ।
बैठकले वार्षिक कार्य तालिका बनाएर संगठनको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन मातहतका कमिटिलाई परिपत्र गरेको छ । कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले पार्टीले अगाडि सारेका योजना तथा कार्यक्रमलाई सफल बनाउने दायित्व चौतारीको सदस्यको हुने बताए । ‘पत्रकारले पार्टीलाई सुझाव र स्वस्थ आलोचना गर्न सक्छन्,’ उनले भने, ‘पत्रकारको रचनात्मक तथा सिर्जनात्मक सुझाव पार्टीको लागि सम्पत्ति हुनेछ ।’
उनले प्रेस चौतारीको सदस्यले वर्गीय पक्षधरतामा रहेर काम गर्नुपर्ने सुझाव दिए । पार्टीको प्रचारको काम परम्परागत रहेको उल्लेख गर्दै उनले हरेक नेता तथा कार्यकर्ता हात हातमा भएको मोबाइलबाट सामाजिक सञ्जालमा जोडिएको परिप्रेक्ष्यमा प्रचारको कामलाई समय सापेक्ष र प्रविधिमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरे ।
पार्टीका गण्डकी प्रदेश कमिटीका उपसचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख मञ्जु अधिकारीले प्रेस चौतारीका सदस्य पत्रकारका अरु पेशागत संगठनका सदस्यभन्दा फरक हुनुपर्ने सुझाव दिइन् । उनले प्रेस चौतारीका सदस्यले चलाएको सञ्चार माध्यम विश्वसनीय र भरपर्दो हुनुपर्ने उल्लेख गरिन् ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य रामकृष्ण ज्ञवाली, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव सुष्मा पौडेल, प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष रामजी लम्साल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य माधव बराल, गण्डकी प्रदेशका उपाध्यक्ष उमाकान्त शर्मा, महासचिव आश गुरुङ लगायतले प्रेस चौतारीका गतिविधिका बारेमा बोलेका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल गोरखाका इन्चार्ज किरण लोहनी, मुस्ताङका इन्चार्ज तिलक विक, कास्कीका कार्यवाहक अध्यक्ष मोतीसागर अधिकारी, लमजुङका अध्यक्ष कृष्ण आले, बागलुङका अध्यक्ष सिर्जना पन्त, म्याग्दीका अध्यक्ष प्रताप बानियाँ, स्याङ्जाका अध्यक्ष सुशील सुवेदी र पर्वतका सिर्जना बरालले जिल्ला शाखाका गतिविधि र संगठनात्मक अवस्थाबारे प्रकाश पारेका थिए ।









पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया