लायन्स क्लब अफ डल्फिनमा गोविन्द

पोखरा ।
लायन्स क्लब अफ पोखरा डल्फिनको वर्ष २०२४/०२५ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबको ११ औं अध्यक्षमा गोविन्दबहादुर खड्का चुनिएका हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा सुरेन्द्र बराल, द्वितीय उपाध्यक्ष शेरबहादुर राना, तृतीय उपाध्यक्ष खीमलाल बराइली, सचिव गणेशबहादुर थापा, कोषाध्यक्ष बामदेव पौडेल, सहसचिव शिवराज रेग्मी र सहकोषाध्यक्ष योगेन्द्र राजभण्डारी निर्वाचित भएका छन् ।
मेम्बरसिप चियरपर्सन वीरेन्द्र सिके, एलसिआइएफ को–अर्डिनेटर रेवती भण्डारी, सर्भिस चेयरपर्सन सन्तबहादुर लामिछाने, मार्केटिङ एन्ड कम्युनिकेसन चेयरपर्सनमा ऋषि गिरी चयन भएका छन् ।
यस्तै, क्लबका डाइरेक्टरमा नथुनी शाह, गोविन्दबहादुर दवाडी, यादवकुमार श्रेष्ठ, शिवनारायण गोशली, विनोद थापा, टेमरमा मिलनबाबु सुनार र टेल ट्विस्टर डा मुकेश मल्लिक सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रामबहादुर बयलकोटी, लायन वर्ष २०२३/०२४ का अध्यक्ष रेवती भण्डारी लगायतले नयाँ कार्यसमितिलाई सामाजिक र मानवीय सेवाको काममा रचनात्मक तथा सिर्जनात्मक बन्न सुझाव दिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया