बालअधिकार रणनीतिक कार्यशाला

समाधान संवाददाता २०८० फागुन १६ गते १२:४१

पोखरा ।
पोखरा महानगरपालिकाको बालअधिकार संरक्षण तथा सवद्र्धन रणनीतिक योजना मस्यौदा कार्यशाला शनिबार अस्ताम धिताल कास्कीमा भएको छ । पोखरा महानगरस्तरीय बालअधिकार समितिको आयोजनामा भएको दुई दिवसीय कार्यशालामा महानगरपालिकाको बालअधिकार समिति, सामाजिक विकास समिति, न्यायिक समिति, विद्यायन समिति, आर्थिक विकास समिति, उपप्रमुखसँग महिला कार्यक्रम र राष्ट्रिय बालअधिकार परिषद गण्डकी प्रदेश लगायतको क्षेत्रबाट २५ जनाभन्दा बढीको सहभागिता थियो ।

Advertisement


महानगर सामाजिक विकास समिति संयोजक एवं वडा नं. १७ का वडाध्यक्ष राधिकाकुमारी शाही योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक एवं बालअधिकार विज्ञ मिलन धरेलले गरेका थिए । कार्याशालामा बालअधिकारबारे कानुनी व्यवस्था र स्थानीय तहको दायित्व तथा बालबालिकामा लगानी, पोखरा महानगरपालिका र बालबालिकाका प्रमुख सवाल, बालअधिकार कार्यन्वयन ढाँचा र नीतिगत मार्गदर्शन, स्थानीय बालअधिकार नीति र कार्ययोजना, उपलब्धि सूचक, तथ्यांक व्यवस्थापन तथा अभिलेखीकरण अनुगमन र बालबालिकाको स्थितिपत्र लगायतका विषयमा छलफल भएको थियो ।


बालहितकारी परियोजना नेपालको व्यवस्थापनमा भएको कार्यशालाको सञ्चालन पोखरा महानगरपालिका बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले गरेकी थिइन भने बालहितकारी परियोजनाका नेपालका अध्यक्ष रामचन्द्र शर्माले स्वागत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया