घरबहाल सरोकारमा कमल
समाधान संवाददाता
२०८० फागुन १६ गते १३:१८

पोखरा ।
घर बहाल सरोकार महासंघ गण्डकीको अध्यक्षमा कमलप्रसाद न्यौपाने (कास्की) सर्वसम्मत बनेका छन् । महासंघको मंगलबार पोखरामा भएको अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा ईन्दु श्रेष्ठ (कास्की, सचिव ताराप्रसाद तिवारी (कास्की) र कोषाध्यक्षमा अमृत घिमिरे (कास्की) छन् । सदस्यमा रामप्रसाद चापागाईं(कास्की), भीम सिंह (तनहुँ) र तुलसी शर्मा (कास्की) चुनिएका छन् । एक उपाध्यक्ष भने पछि मनोनयन गरिनेछ ।
महासंघ गण्डकी अध्यक्ष यमनाथ पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । नवनिर्वाचित अध्यक्ष न्यौपानेले घरभाडाका विषयमा देखिएका विवाद, समस्या समाधान गर्दै बहालमा बस्ने र घरधनी दुवैलाई सहज बनाउन महासंघले भूमिका निर्वाह गर्ने वाचा गरे ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया