समाजसेवा युवा क्लबमा मधु

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ७ स्थित समाजसेवा युवा क्लबको अध्यक्षमा मधु अधिकारी निर्वाचित भएका छन् । क्लबको शनिबार भएको १६ औं साधारणसभा तथा सातौं अधिवेशले अधिकारीको अध्यक्षतामा सर्वसम्मत समिति चुनेको हो ।
क्लब उपाध्यक्षमा मनिष ओस्था र युद्ध बराल, सचिव दीपिका पराजुली, सहसचिव अस्मित बराल र कोषाध्यक्षमा रजत आचार्य छन् । सदस्यमा राजु बराल, सुमन पौडेल, मनु बराल, पुष्कर बराल, सविन परियार, अंकित बराल, दिपेश अधिकारी, सुजन बराल र गंगा बराल छन् । क्लबको संरक्षकमा रमेशप्रसाद बराल छन् ।
शंकरप्रसाद बराल, प्रमोद पौडेल र झलकप्रसाद बराल रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गर्न सहजीकरण गरेका थिए । कार्यक्रममा वडाध्यक्ष राममोहन आचार्यले क्लबलाई वडाको तर्फबाट भरपुर साथ र सहयोग रहने जनाए । वडा सदस्य अर्जुनबहादुर थापाले लामो इतिहास बोकेको संस्थालाई चुस्त, दुरुस्त राख्दै समाजमा क्रियाशील हुन आग्रह गरे ।
क्लबका पूर्वअध्यक्ष अंकित बरालले सबैलाई एकजुट गराएर अघि बढ्न सुझाव दिए । समाजसेवी शोभाचन्द्र बरालले सक्रिय भएर समाजमा सकारात्मक सन्देश फैलाउनुपर्ने बताए । क्लब अध्यक्ष परिवेश रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो ।









कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया