पोखरा १२ मा हस्तकला तालिम

समाधान संवाददाता २०८० फागुन १६ गते १५:५१

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाहरूका लागि एक महिने हस्तकला तालिम सुरु गरिएको छ ।

Advertisement


हस्तकला तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले महिला दिदीबहिनीलाई सिप सिक्ने अवसरका निम्ति वडा कार्यालयले गरेको लगानी बालुवामा हालेको पानी जस्तो खेर नजाओस् भन्ने आग्रह गर्दै दत्तचित्त भई नियमित हाजिरी गरी सिप सिक्न आग्रह गरे ।


विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठले यसै बितेर जाने समयमा सिप सिकेर आत्मनिर्भर हुने, आयआर्जन गर्ने, स्वरोजगार हुने मौकालाई सदुपयोग गरेर उद्यमशील बन्ने बाटो समाउनु नै सिप हस्तान्तरणको मर्म भएको बताइन् । दक्षतामा आधारित तालिम लिएपछि स्वरोजगार भइ उत्पादन गरेका हस्तकलाका सामग्रीको बजारीकरण गर्ने जिम्मा विधाताले लिने प्रतिवद्धता व्यक्त गरिन् ।

Advertisement


वडा सदस्य गोविन्दबहादुर सिग्देल, शान्तबहादुर थापा, वडा सचिव महेश्वर अर्याल, लेखा संयोजक विवेचन घिमिरे लगायत वक्ताले प्रशिक्षार्थीलाई लगनशील भई तालिममा सहभागिता जनाउन शुभकामना दिएका थिए । वडा सदस्य एवं तालिम संयोजक शान्ति कोइरालाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य गुमा परियारले स्वागत मन्तव्य राखेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया