लक्ष्मी आदर्शको स्वर्ण महोत्सव सुरु

लेखनाथ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको क्षेत्रमा राज्यले गरेको लागानी विद्यार्थीले फिर्ता गर्नुपर्ने औंल्याएका छन् । कास्कीको लेखनाथमा रहेको लक्ष्मी आदर्श माध्यामिक विद्यालयको ५६ औं वार्षिकोत्सव तथा त्रिदिवसीय स्वर्ण महोत्सवमा बुधबार पाण्डेले सामुदायिक विद्यालयको विकासका लागि राज्यले ठूलो धनराशी खर्च गरेकाले त्यसबाट लाभान्वित विद्यार्थीले लगानीको केही अंश राज्यलाई फिर्ता गर्नुपर्ने तर्क गरे ।
सामुदायिक विद्यालयमा कक्षा ११÷१२ पढेपछि विदेशिने प्रचलन बढेकोतर्फ संकेत गर्दै मुख्यमन्त्री पाण्डेले रोजगारीका लागि कमाउन जहाँ गए पनि राज्यले गरेको लगानी सम्झेर नागरिकले योगदान गर्नुपर्ने उनको भनाइ छ । माटोले खोजेको शिक्षा र समयले मागेको शिक्षा दिन नसक्दा युवा वर्गमा जागेको विदेशिने मोहलाई रोक्न सबै तहका सरकार लाग्नुपर्ने उनको भनाइ छ ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले देशमा व्याप्त राजनीतिक अस्थिरताका कारण शिक्षा क्षेत्रमा देखिएको नकारात्मक पक्षलाई रोक्न नसकिएको जनाए । २०२५ सालमा स्थापना भएको विद्यालयले शैक्षिक शत्र २०८० लाई नै स्वर्ण वर्षका रुपमा मनाइरहेको छ । सो अवसरमा फागुन १६, १७ र १८ गते स्वर्ण महोत्सव समापन समारोह आयोजना गरिएको हो ।
सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा विद्यालय स्थापना कालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले स्वर्ण महोत्सवपछि थप व्यवहारिक शिक्षा दिने योजना सुनाए ।
स्वर्ण महोत्सवको अवसरमा फागुन १६ गते बुधबार मुल समारोह सुरुआतसँगै स्वर्णजयन्ती स्तम्भ अनावरण गरिएको थियो । फागुन १७ गते स्वर्णजयन्ती प्रवेशद्वार उद्घाटन र फागुन १८ गते मुल समारोहसहित विद्यालयको स्मारिका विमोचन गर्ने तय छ । कार्यक्रममा संस्थापक शिक्षक तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, संघीय सांसद मनबहादुर गुरुङ, पूर्व सांसद दीपक कोईराला, वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ लगायतले बोलेका थिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया