फिस्टेल ओपन हाउस शनिबारबाट

पोखरा ।
पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले फागुन १९ गतेबाट फिस्टेल ओपन हाउस कार्यक्रम गर्ने भएको छ । गुणस्तरीय एवं विश्वबजारको आवश्यकतालाई मध्यनजर गरी शिक्षा प्रदान गर्दै आएको विद्यालय अतिरिक्त व्रिmयाकलापमा समेत अब्बल छ ।
यो विद्यालय पोखराकै एकमात्र आइबिपिवाइपी प्रस्तावित विद्यालय हो । यस विद्यालयमा मन्टेसरी देखि कक्षा १२ सम्मको पढाइ हुन्छ । आइबिपिवाइपी शिक्षण पद्धति तथा विद्यालयका समग्र गतिविधिका बारेमा नयाँ र पुराना सबै अभिभावकलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिए ।
शनिबार हुने कार्यक्रममा अभिभावकले विद्यालय भ्रमण गरी आवश्यक जानकारी लिन सक्ने छन् । यस्तै, नमुना कक्षाको प्रदर्शनी, विद्यार्थीद्वारा तयार पारिएका सामग्रीहरूको प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिनेछ । विभिन्न खेलकुदका कार्यक्रम र फुड स्टलसमेत रहनेसहायक प्रधानाध्यापक कमल लामिछानेले बताए ।
शनिबार सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तित्वको समेत उपस्थिति रहनेछ । विद्यालय भ्रमणको कार्यक्रम यही फागुन १९ गते शनिबारबाट चैत मसान्तसम्म निरन्तर चलिरहनेछ ।









प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
मिस तामाङ पोखरा : प्रतियोगीहरूले देखाए प्रतिभा, माघ ३ मा ग्रान्ड फिनाले
फिजी टापुबाट ग्रामीण कथासम्मः निष्प्रभ सजीको ‘याली’
बुकहिल बुकाञ्जामा ‘नदीशको लयमा हिउँद’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया