जब फेयर गर्दै पोखरा १३

पोखरा ।
पोखरा १३ मा आगामी शुक्रबार जब फेयर हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
वडामा भएका बेरोजगार युवायुवतीलाई लक्षित गरी कार्यक्रम राखिएको वडाध्यक्ष किरण बरालले बताए । जब फेयरमा १२ स्टलबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण दिइनेछ । वडामा भएका कोही युवा पनि बेरोजगार बस्न नपर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको उनले बताए ।
‘अहिलेको सबैभन्दा प्रमुख समस्या रोजगारी सिर्जना हो । वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगारी दिलाउने गरी वडाले जब फेयर कार्यक्रमको अवधारणा अगाडि सारेका हौं’, उनले भने । लायन्स र लियो क्लब पोखराको सहकार्यमा उक्त फेयर हुने वडाध्यक्ष बरालले जानकारी गराए ।
शुक्रबार वडा कार्यालयमा नै बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म उक्त कार्यक्रम राखिएको छ । जब फेयरमार्फत वडाका बेरोजगार युवाले रोजगार पाउनेमा वडाध्यक्ष आशावादी देखिन्छन् ।
वडाका नागरिकको आयस्तर सुधार्न पनि जब फेयर कार्यक्रम सहयोग बन्ने उनले बताए । भौतिक विकाससँगै आर्थिक विकासमा समेत सुधार ल्याउने ध्येय बमोजिम जब फेयर कार्यक्रम राखिएको उनको भनाइ छ । बरालले जब फेयर कार्यक्रममा उपस्थित भएर लाभ लिन वडाबासीलाई आग्रह गरेका छन् । फेयरमा उत्पादनदेखि प्रविधिमैत्री विषयमा जानकारी मिल्नेछ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया