ज्यान मार्ने मुद्दामा नालामुखबाट १ जना पक्राउ

समाधान संवाददाता २०८० फागुन १७ गते १३:४१

पोखरा ।
काठको मुढा प्रहार गरी घाइते बनाइ फरार रहेको एक युवक पोखरा नालामुखबाट पक्राउ परेका छन् । प्युठान स्थायी घर भएका हाल बागलुङ बसपार्कमा बस्दै आएका २६ वर्षीय सुमन केसी बुधबार पक्राउ परेका हुन् ।


पोखरा २ बागलुङ बसपार्कमा मंगलबार केसीले ७० वर्षीय देव रावत र ६० वर्षीया रुकमणी श्रेष्ठलाई काठको मुढा प्रहार गरी घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


प्रहरीका अनुसार घाइते अवस्थामा प्रहरीले फेला पारेपछि उनीहरुलाई उपचारका लागि सहारा अस्पताल पठाएको थियो ।
केसीलाई ज्यान मार्ने उद्योग कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया