कास्की कारागार ब्लक ‘ख’ को मुहार फेरिँदै

पोखरा ।
कास्की कारागार ब्लक ‘ख’ को मुहार फेरिएको छ । आन्तरिक प्रशासन प्रमुख (चौकीदार)को जिम्मा पाएका नशिप गुरुङले कैदीबन्दीको निम्ति आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम तीव्र गतिमा अघि बढाएका हुन् ।
२०८०/८१ सम्म यस ब्लकको चौकीदारको रुपमा नेतृत्व लिएका गुरुङले मुडा एरिया व्यवस्थापन तथा चिम्नी निर्माण, खेलकुद मैदानमा बस्ने पेटी निर्माण, मेस एरिया ढलान तथा व्यवस्थापन, पुल हाउसमा ट्रस्ट निर्माण, पोट हाउस एरियामा ढलान निर्माण, कारागार कार्यालय ‘ख’ ब्लकभित्र रंगरोगन, बाथरुम तथा शौचालय मर्मत सम्भार कार्यसम्पन्न गरेका छन् ।
आफ्नो जिम्मेवारी पूरा गर्न आफू र आफ्नो टिम दिनरात नभनी खटिएको आन्तरिक प्रशासन प्रमुख (चौकीदार) गुरुङले बताए । ‘कैदी बन्दीलाई आवश्यक पर्ने संरचना लगायत अन्य सबै सेवा सुविधाका लागि लागिपरेका छाैं,’ गुरुङले भने, ‘नियमित कार्यबाहेक अतिरिक्त क्रियाकलापका लागि आवश्यक पर्ने सबै संरचना हुनुपर्छ भन्ने हाम्रो सोच हो ।’ आफ्नो कार्यकालमा कैदी बन्दीहरुका लागि आवश्यक थप संरचनाहरु तयार गर्ने योजनासाथ आफू र आफ्नो टिमको योजना रहेको गुरुङले सुनाए ।
यससँगै गुरुङले कैदी बन्दीको स्वास्थ्यको निम्ति नयाँ जिम हाउस निर्माण गर्ने काम लागि अघि बढाएको आन्तरिक प्रशासन प्रमुखका विशेष सल्लाहकार विनोद भुसालले जानकारी दिए । स्वास्थ्य भनेको मानिसको सबैभन्दा ठूलो सम्पति रहेको हुनाले कैदीबन्दीको पनि स्वास्थ्यलाई ख्याल गर्दै नयाँ जिम हाउस निर्माण थालिएको भुसालकाे भनाइ छ ।
‘कैदीबन्दीहरुलाई आफन्तजनहरु दिएको खर्च अलिअलि बचत तथा श्रमदान गरे जिम हाउस निर्माण हुँदैछ,’ भुसालले भने, ‘भवनमात्र नयाँ होइन जिम हाउसमा आवश्यक पर्ने सामाग्री पनि नयाँ प्रविधिकै ल्याउने तयारीमा छाैं ।’ भुसालका अनुसार यही फागुनभित्र जिम हाल तयार हुनेछ । निर्माण सुधारमा बजेट न्यून विनियोजन भएर आएको अवस्थामा आन्तरिक प्रशासनको पहलबाटै मर्मत सुधार भएको कारागार प्रशासनले समेत बताएको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया