भण्डारढिकमा खेल महोत्सव हुने
पोखरा ।
सूर्य तारा क्लब (एनइसिओ) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म पोखरा २९ स्थित भण्डारढिक खेल महोत्सव २०८० आयोजना हुने भएको छ । प्रतियोगितामा पुरुष फुटबल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर, गण्डकी प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता, एथलेटिक्स प्रतियोगिता र संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा नेपालभित्रका विभिन्न संघ, संस्था, क्लब एवं स्थानीय तहबाट खेलाडी सहभागी हुन सक्ने कार्यक्रमका संयोजक विष्णु पुनले जानकारी दिए ।
फुटबल प्रतियोगितामा प्रथम हुनेले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित प्रमाणपत्र र मेडल पाउनेछन् । द्वितीय हुनेले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाउनेछन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडीले र सर्वाधिक गोलकर्ता र अनुशासित टिमले ७ हजार ७ सय ७७ रुपैयाँ पाउने प्रतियोगिताका संयोजक पुनले जानकारी दिए ।
विद्यालय स्तरीय नृत्य प्रतियोगिता प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन् भने तृतीय पुरस्कार २२ हजार २ सय २२ रुपैयाँ छ । खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता प्रथम हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन् ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया