बाल विवाह मुद्दाका फरार २ जना प्रतिवादी पाेखराबाट पक्राउ

समाधान संवाददाता २०८० फागुन १८ गते १२:०७

पोखरा ।
बाल विवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर १ का बुद्धिसरा विक र बिनिता सुनार बुधबार पक्राउ परेका हुन् ।


कास्की जिल्ला अदालतले २०७९ माघ २५ गते बाल विवाह मुद्दामा ३ महिना कैद, २५ सय रुपैयाँ जरिवाना र पिडित राहात कोषमा २ सय जरिवानाको फैसला सुनाएको थियो ।


२ महिना १८ दिन कैद सजाय सहित २५ सय जरिवाना पिरको २ सय भुक्तानी नगरी उनीहरु फरार थिए ।

Advertisement

तपाईको प्रतिक्रिया