मृगौला पीडित शेर्पालाई १ लाख १० हजार सहयाेग

पोखरा ।
मृगौला पीडित पासाङ लिम्बु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इलाम जिल्ला स्थायी घरभै हाल पोखरा महानगरपालिका वडा नम्बर ६ बस्दै आएकी शेर्पाको उपचारका लागि संकलित १ लाख १० हजार रुपैयाँ बिहीबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।
सुवेदार कर्णबहादुर गुरुङले मृगौला पीडित शेर्पाको सहयोगका लागि स्वदेश र विदेशमा रहेका सहयोगीहरुबाट संकलित रकममा पोखरा महानगरपालिकाबाट १० हजार रुपैयाँ थप गरी रकम हस्तान्तरण गरिएको हो । कर्णबहादुरले सहयोगका लागि निवेदन दिएका थिए । ‘उपचारका लागि बेलायत, पोखरा लगायत व्यक्ति र संस्थाबाट संकलन गरेको र महानगरबाट पनि थप सहयोगका लागि निवेदन दिएका थिए । यहाँबाट १० हजार प्राप्त भयो, सबै गरेर १ लाख १० हजार उपप्रमुखमार्फत हस्तान्तरण गरियो,’ कर्णबहादुरले भने ।
उनको निवेदन अनुसार महानगरले विपन्नलाई प्रमुुख र उपप्रमुुखले दश हजार सम्म सहयोग गर्न पाउने व्यवस्था अनुसार उपप्रमुख मञ्जुुदेवी गुरुङले १० हजार थप गरी एकमुष्ठ रकम हस्तान्तरण गरिएको हो । पीडित शेर्पाका श्रीमान् र १ छोरी छन् । शेर्पा विगत ३ वर्षदेखि मृगौला पीडित रोगको उपचार गराउँदै आएकी छन् ।
सहयोग रकम प्राप्त गरेपछि शेर्पाले आफनो उपचारका लागि सहयोग संकलन गर्ने बुवा कर्णबहादुर गुरुङ र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । ‘यो सहयोगले मेरो उपचारमा राहत पुग्ने छ,’ उनले भने । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मृगौला पीडित शेर्पाको स्वास्थ्य लाभको कामना गर्दै सहयोग संकलन गर्ने कर्णबहादुरप्रति धन्यवाद व्यक्त गरिन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया