राम लक्ष्मी पुस्तकालयमा हाजिरीजवाफ प्रतियोगिता

समाधान संवाददाता २०८० फागुन २० गते १३:५७

पोखरा ।
राम लक्ष्मी सामुदायिक परोपकार पुस्तकालय रुपा ५ फेदीमा हाजिरीजवाफ प्रतियोगिता भएको छ । ‘चेतनामूलक समाज निर्माणका लागि अध्यनन संस्कृतिको विकास गरौं’ भन्ने उदघोषका साथ भएको अन्तर आमा समूह प्रतियोगितामा कालिक एकता आमा समूह डाँडाको मुख प्रथम बनेको छ ।


श्यामलाल श्रेष्ठ स्मृति अन्तर आमा समूह हाजिरीजवाफ प्रतियोगितामा दोभान आमा समूह रुपा ५ दोस्रो, फेदी नेवा खल मिसा पुच तेस्रो र प्रगतिशील बह्माण समाज पोखरा ३२ र प्रगतिशील आमा समूह पोखरा ३२ सान्त्वना भएका छन् ।


कार्यक्रममा रुपा गाउँपालिका वडा न २ का अध्यक्ष राजन सुवेदी, क्या शान्तकुमार श्रेष्ठ लगायतले पुरस्कार र प्रमाणप्रत्र वितरण गरे । अध्यक्ष सुवेदीले सुसंस्कृत नागरिक र सभ्य समाज निर्माण गर्न राज्यले विशेष कदम चाल्नुपर्ने बताए ।

Advertisement


गोपीलाल जोशीको अध्यक्षतामा भयको कार्यक्रममा प्रगतिशील घिमिरे, संजना जोशी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया