पचभैया देउराली मन्दिरकाे आम्दानी खर्च सार्वजनिक

समाधान संवाददाता २०८० फागुन २१ गते ११:३२

पोखरा ।
पोखरा ३१ को पचभैया देउराली मन्दिर परिसरमा आयोजना गरिएको सामूहिक स्वस्थानीको पूजाअर्चनामा भएको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिको आायोजनामा गत माघ ११ देखि फागुन १३ गतेसम्म गरिएको पूजाअर्चनामा ५ लाख ३ सय ७६ रुपैयाँ आम्दानी भएको छ ।

Advertisement


सो अवधिमा खर्च २ लाख ६७ हजार ५ सय १८ भएको समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए । खर्च कटाएर बचत भएको रकम देउराली मन्दिर संरक्षण तथा व्यवस्थापनमा उपयोग गरिनेछ । सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै समग्र यस क्षेत्रको पर्यटन प्रर्वद्धनको विकासमा टेवा दिन पूजाअर्चना गरिएको अध्यक्ष अधिकारीले बताए ।


कार्यक्रममा पार्वती घिमिरे कर्ता रहेकी थिइन् भने पण्डित कृष्ण गौतमले स्वस्थानी वाचन गरेका थिए । कार्यक्रममा बेगनास, पचभैया, लाकुरी, खुदी, शिशुवा, मिजुरे, काहुँ, बेगनासताल, लगायतका स्थानबाट स्वतःस्फुर्त रुपमा भक्तजन पुगेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया