माछापुच्छ्रे माविका भूपू विद्यार्थीको पुनर्मिलन

समाधान संवाददाता २०८० फागुन २१ गते ११:४९

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका २ स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयमा २०४७ सम्म अध्ययन गरेका विद्यार्थीको समूहले सम्मानसहित पुनर्मिलन कार्यक्रम आयोजना गरेको छ ।


एसएलसी ब्याच २०४७ को ब्यानरमा अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३, लार्केमा कार्यक्रम भएको हो । ०४७ समूहका विद्यार्थी एवं अन्नपूर्ण गाउँपालिका कास्कीका निवर्तमान अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा तत्कालीन प्रधानाध्यापक रामचन्द्र सुवेदी, शिक्षकहरू कृष्णबहादुर कुँवर, शिवकुमार सुवेदी, हरिकुमार श्रेष्ठ, तेजप्रसाद काफ्ले, गमबहादुर कुँवर, कृष्णबहादुर केसी, केदारनाथ अधिकारी र रामेश्वर सुवेदीसहित ९ जनालाई सम्मान गरिएको हो ।


तत्कालीन प्रधानाध्यापक रामचन्द्र सुवेदीले ऐतिहासिक कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिए । उनले अहिले विद्यार्थीले शिक्षकलाई आदर, सम्मान गरेको नदेख्दा धेरै दुःख लाग्ने गरेको उल्लेख गरे ।

Advertisement


कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर मोटिभेसनल स्पिकर चन्द्रकुमार केसीको सकारात्मक ऊर्जासहित सफल हुने तरिकाबारे प्रकाश पारे । समूहका सदस्य गणेशप्रसाद अधिकारी, पार्वती भण्डारी आचार्य लगायतले कार्यक्रममा बोलेका थिए ।


समूहका संयोजक टंकराज अधिकारीले २०४७ सालमा एसएलसीमा सहभागिता जनाउने ८८ मध्ये ६ जनाको निधन भइसकेको जनाए । उनले समूहले सहकर्मी र गुरुहरुलाई एक ठाउँमा ल्याएर एउटा सभ्य संस्कार सुरुआत गर्ने प्रयत्न गरेको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया