मुस्ताङमा लेंक लागेर भारतीय पर्यटकको मृत्यु

सुन्दरकुमार थकाली २०८० फागुन २१ गते १४:०८

जोमसोम ।

मुक्तिनाथ दर्शनका लागि आएका एक भारतीय पर्यटकको लेंक लागेर मृत्यु भएको छ । भारतको गुजरातदेखि ४० जनाको टोलीसहित मुक्तिनाथ दर्शन गर्न गएका ५७ वर्षीय भुपेन्द्र भाई पटेलको आईतबार सोमबार लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ मुक्तिनाथ पुराङ रानीपौवामा उनलाई लेंक लागेर श्वासप्रश्वासमा समस्या देखिएको थियो ।प्रहरीले पर्यटक लेंक लागेर बिरामी परेको सूचना पाएपछि प्रहरी निरीक्षक मिलनबहादुर विकसहितको प्रहरी ५ जना टोली जोमसोमबाट मुक्तिनाथ पुगेको थियो ।

Advertisement

प्रहरीको टोलीले बिरामी परेका पटेललाई त्यहाँबाट उद्दार गरी उपचारका लागि जोमसोम अस्पतालमा ल्याएको थियो । अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा शनिबारदेखि प्रतिकुल मौसम र हिमपात भएको थियो । हिमपातपछि सो क्षेत्रमा चिसो समेत अध्यधिक बढेको थियो । प्रहरीले घटना बारेमा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया