१२ वर्ष कैद सजाय भएका प्रतिवादी पक्राउ

समाधान संवाददाता २०८० फागुन २४ गते ११:००

पोखरा ।
ज्यान सम्बन्धी मुद्दामा १२ वर्ष कैद सजाय भएका फरार प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका २० लामाडाँडा बस्ने ३० वर्षीय डिलबहादुर गुरुङ भन्ने प्रिमसबहादुर गुरुङ पक्राउ गरेका हुन् ।


उनलाई कास्की जिल्ला अदालतको गत मंसिर ७ गतेको फैसलाले ज्यानसम्बन्धी कसूर मुद्दामा १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र १ लाख २५ हजार जरिवाना फैसला गरेको थियो । तर, उनी यो बेला भूमिगत थिए ।


गुरुङलाई आज बुधबार बगरबाट खटिएको प्रहरी टोलीले पोखरा ११ काँहुखोलाबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई कास्की जिल्ला अदालतमा आवश्यक कारबाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया