मोडिफाइ गरिएका मोटरसाइकल चलाउन निषेध

पोखरा ।
स्वरुप परिवर्तन गरी मोटरसाइकल चलाउन कास्कीमा निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार सूचना जारी गर्दै स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाए कारबाही गरिने जनाएको छ ।
स्वरुप परिवर्तन गर्दा दुर्घटना हुने, चर्को आवाजले ध्वनि प्रदूषण हुने, बिरामी, वृद्धवृद्धा, बालबालिका, विद्यार्थी तथा संवेदनशील क्षेत्र (स्कूल तथा अस्पताल) मा प्रत्यक्ष असर हुने हुँदा यस्ता बाइक निषेध गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा छ ।
अटेरी गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने प्रहरीले जनाएको छ । पछिल्लो समय दुई पांग्रे सवारीमा साइलेन्सर, सिट, रंग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्यान्डल, ईन्जिन, च्यासिसको स्वरुप परिवर्तन गरी चलाएको देखिन्छ । मोटरसाइकलको स्वरुप फेर्ने सवारीधनीसँगै उनीहरुलाई सघाउने ग्यारेज वर्क सप सञ्चालकलाई समेत नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिरहेको कास्की प्रहरीले उल्लेख गरेको छ ।
यसरी सञ्चालन गरिएको ६ सय ८१ वटा दुई पांग्रे सवारी नियन्त्रण लिइसकेको कास्की प्रहरीले जनाएको छ । मोटरसाइकल र मोटरसाइकलको स्वरुप परिवर्तन गर्न सघाउने पोखराका ८ वटा वर्कसपलाई कारवाही गरिएको छ ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया