ब्रह्मकुमारी शिशुवा केन्द्रमा शिवध्वजारोहण

समाधान संवाददाता २०८० फागुन २४ गते १२:३४

लेखनाथ ।
महाशिवरात्रीको पावन अवसरमा पोखरा महानगरपालिका वडा नम्बर ३० मा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र शिशुवामा शिवध्वजारोहण गरिएको छ ।

Advertisement


हरेक वर्ष शिवरात्रिको अवसर पारेर नयाँ झण्डा राखेर शिवको आरधना तथा शिवमहिमाका बारेमा धार्मिक प्रवचन दिने कार्यक्रम अन्तरगत शिशुवा केन्द्रमा शिवध्वजारोहण सहित स्नेह मिलन कार्यक्रम गरिएको हो ।


कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीले धर्मको भावले गरिने जुनसुकै कामले पनि पूर्णता पाउने तर्क राख्दै धर्मले मानिसलाई अनुशासन र सतकर्म गर्ने बाटोतर्फ अग्रसर गराउने विचार राखेका थिए ।

Advertisement


सोही अवसरमा ब्रह्मकुमार शैलेशराज बरालले वालबालिकाहरुलाई सानै उमेर देखि सकरात्मक कुराका बारेमा जानकारी गराउँदै आध्यात्मिक ज्ञान र नैतिक शिक्षाका बारेमा बुझाउन सकियो भने देशले कहिल्यै पनि बिखण्डन नआउनेमा जोड दिएका थिए ।


राजयोगीणी ब्रह्माचार्यणी राजयोग प्रशिक्षण केन्दकी निर्देशक परिणीताको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, व्राम्हण समाज पोखरा ३० का अध्यक्ष बालकृष्ण सुवेदी र राजयोग प्रशिक्षण केन्द्र शिशुवाकी सञ्चालक सविता लगायतले धर्मबिनाको संसार कल्पनासमेत गर्न नसकिने बताएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया