स्नो भ्यु स्कुलमा हस्तकला प्रदर्शनी हुने

समाधान संवाददाता २०८० फागुन २४ गते १२:३८

पोखरा ।
पोखरा २५ हेमजामा रहेको स्नो भ्यु बोर्डिङ स्कुलले फागुन २७ गते शैक्षिक प्रदर्शनी, विद्यार्थीहरुद्वारा निर्मित हस्तकलाका सामग्रीहरु प्रदर्शनी गर्ने भएको छ । स्टिम विधिको प्रयोग गरी शिक्षण कार्यलाई गुणात्मक तथा प्रभावकारी बनाउन थिम (विषय वस्तु) का आधारमा शिक्षण गर्दै आइरहेको र हाल चलिरहेको थिम कपास अन्तर्गत कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले आफूले अध्ययन गरेका अलगअलग विषयको समष्टीगत सिकाइलाई सदुपयोग गर्न व्यावसायिक सिप एवं प्राविधिक ज्ञानको प्रयोग गरी निर्माण गरेका सामग्रीहरुको कक्षगत रुपमा प्रदर्शन गर्ने छन् ।


शिक्षकहरुले नेपालको पाठ्यविकास केन्द्रद्वारा निर्मित सम्बन्धित तहका पाठ्यक्रममा समावेश भएका सिकाइ उपलब्धिलाई आधार बनाई जीवनोपयोगी शिक्षालाई जोड दिन प्रदर्शनमा सहजीकरणको भूमिका खेल्नेछन् ।


काठमाडौं विश्वविधालयमार्फत सञ्चालित सिपिई कार्यक्रय अन्तर्गत अध्यन गराउँदै आइएको शैक्षिक प्रमुख विष्णुकुमारी अधिकारीले जानकारी दिए । २०८० सालको नयाँ शैक्षिक शत्रको सुरुआतसँगै काठमाडाैं विश्वविद्यालयसँगको सहकार्यमा विगतका वर्षबाट स्टिम एजुकेसन अन्तर्गत पठनपाठन गराइएको र हरेक व्यावसायिक सिपको अध्यन अध्यापनका लागि छुट्टाछुट्टै स्टिम ल्याबको व्यवस्थापन गरिँदै रहेको विद्यालयका प्राचार्य जगतबहादुर थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया