जनप्रिय माविमा रक्तदान उत्प्रेरित अभिमुखीकरण

समाधान संवाददाता २०८० फागुन २४ गते १२:४९

पोखरा ।
सिद्धार्थ क्लब पोखराले जनप्रिय माध्यामिक विद्यालय पोखरा–८ सिमलचौरमा रक्तदान उत्प्रेरित अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले स्थापनाकालदेखि नै रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदान सम्बन्धी जनचेतना फैलाउँदै आएको जानकारी दिइन् । विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरुमा रक्तदान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै विद्यार्थीहरुलाई शैक्षिकका साथै अन्य मानवीय र सामाजिक कार्यमा लाग्न अनुरोध गरे ।


जनप्रिय माध्यामिक विद्यालयका कक्षा ११ र १२ का ९८ जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की, प्रादेशीक रक्त संचार सेवाका प्रमुख अर्जुन ज्ञवाली र नर्स समीक्षा अधिकारीले रक्तदानको महत्व र आवश्यकताबारे अभिमुखीकरण गरेकी थिइन् । कार्यक्रम क्लबका सचिव विनोदप्रसाद श्रेष्ठले सञ्चालन गरेका थिए क्लबका निर्देशक रवि मर्सानीले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पारे ।

Advertisement

तपाईको प्रतिक्रिया