पोयुसापलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

पोखरा ।
पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप)ले सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०८० प्राप्त गरेको छ । भैरव सांस्कृतिक संरक्षण समितिले प्रदान गर्ने यो वर्षको पुरस्कार पोयुसापले प्राप्त गरेको हो ।
शनिबार पोखरामा भएको एक कार्यक्रममा पोयुसापका अध्यक्ष उपेन्द्र पौडेलले उक्त पुरस्कार संस्थाकोतर्फबाट ग्रहण गरेका हुन् । पौडेललाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हस्तान्तरण गरे । १ लाख १ रुपैयाँ नगद राशि र सम्मानपत्रका साथ मेयर आचार्यले अध्यक्ष पौडेललाई प्रदान गरेका हुन् ।
भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानांगले पोखरालाई साहित्य, संस्कृति र कलाको राजधानी बनाउन पोयुसापले प्रशंसीय कार्य गरेकाले पुरस्कार अर्पण गरिएको जानकारी दिए । यसभन्दा अघि यो पुरस्कार फत्तेमान, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, जगमान गुरुङले प्राप्त गरिसकेको छन् । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष पौडेलले संस्थालाई छनोट गरेर पुरस्कृति गरिदिने सांस्कृतिक संरक्षण समितिलाई धन्यवाद दिए ।
उनले भने, ‘धेरै धन्यवाद श्री भैरव सांस्कृतिक संरक्षण समितिलाई ! बधाई छ पोखरेली युवा सांस्कृतिक परिवारका सम्पूर्ण संस्थापक, पूर्व अध्यक्षहरू तथा पूर्व तथा वर्तमान कार्यसमिति, आजीवन सदस्य, सल्लाहकार एवम् शुभचिन्तकहरूमा ! वधाई हामीलाई ।’









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया