हार्वड एकेडेमीमा शैक्षिक सामग्री प्रदर्शनी र पुरस्कार वितरण

पोखरा ।
पोखरा १५ मा रहेको हार्वड एकेडेमीको वार्षिक शैक्षिक सामग्री प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्रि सहित कार्यक्रममा उनीहरुले कोरेका चित्रकलासमेत प्रदर्शनी गरिएको विद्यालयका प्रिन्सिपल श्रीकृष्ण अधिकारीले बताए ।
उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विभिन्न विधामा पुरस्कृत भएका बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका पोखरा १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँले विद्यार्थीहरुको शैक्षिक विकाससँगै शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अति आवश्यक भएकोमा जोड दिए ।
विद्यालयका अभिभावक तथा जनप्रिय क्याम्पसका प्राध्यापक रवि भण्डारीले विद्यालयले समयानुकुल, जीवन उपयोगी, सिप शिक्षण सिकाई गर्दै अघि बढेकोमा प्रशंसा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सञ्चालक सदस्य रेशमबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अपांगता सञ्जाल कास्कीका गंगाबहादुर खड्का, सहायक प्रिन्सिपल नवीन पन्त, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी न्यौपाने, अतिरिक्त क्रियाकलाप सहायक संयोजक अनुप बानियाँ लगायतले बोलेका थिए । विद्यालयमा करिब ५ सय जना विद्यार्थी । ३७ जना शिक्षक, कर्मचारी छन् । विद्यालयमा व्यवस्थापन संकाय प्लस टुतर्फ ४० जना विद्यार्थी छन् ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया