काइन्डनेस क्लब मदरल्यान्डमा सुवानी

समाधान संवाददाता २०८० फागुन २९ गते ११:३०

पोखरा ।
विद्यालय उमेरदेखि नै दया, माया र करूणाको भाव जागृत गर्ने तथा सेवा, सद्भाव, हार्दिकता र संवेदनशीलता जस्ता मानवीय गुणहरूलाई अभिवृद्धि गर्ने अभिप्रायले स्थापित काइन्डनेस क्लब मदरल्यान्डमा नयाँ कार्यसमिति बनेको छ ।


सोमबार कक्षा ७ ‘ख’ मा अध्ययनरत छात्रा सुवाणी पौडेलको अध्यक्षताका क्लबमा नयाँ पदाधिकारी चयन भएका छन् । जसमा युकी केसी (७ ‘ख’ उपाध्यक्ष), आलोक बराल (७ ‘घ’ सचिव), दिव्या ढुंगना (६ ‘ङ’ कार्य व्यवस्थापक) सुविन निधि तिवारी (५ ‘क’ सहकार्य व्यवस्थापक), कृतिका अधिकारी (५ ‘ख’ सदस्य), शुभेच्छा बराल (६ ‘ग’ सदस्य), आहान्या बिजुच्छे ४ ‘ख’ सदस्य), चयन भएका छन् । विद्यालयमा भएको उक्त कार्यक्रममा भूपू अध्यक्ष जानवी गौचन (कक्षा १२) र मनोनित अध्यक्ष सुवाणी पौडल (७ ‘ख’) ले मन्तव्य दिए ।


विद्यालय निर्देशक डा. त्रिभवन शर्मा तथा प्रधानाध्यापक नारायण बरालले पनि पुराना पदाधिकारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुका सथै नयाँ पदाधिकारीहरूको सफल कार्यकालको लागि शुभेच्छा प्रकट गरे । कार्यक्रम सञ्चालन विद्यालयका प्राइमरी इन्चार्ज केशु शर्माले गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया