लैंगिक समानता तालिम

समाधान संवाददाता २०८० फागुन २९ गते १३:४३

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा २० उपशाखा र पोखरा महानगरपालिका वडा नम्बर २० वडा कार्यालयको संयुक्त आयोजनामा सोमबार लैंगिक समानता, महिलाको स्वास्थ्य र रेडक्रसको बारेमा सचेतना गोष्ठी गरिएको छ ।

Advertisement


रेडक्रस कास्कीको लैंगिक तथा सामाजिक समावेशिकरण समितिको व्यवस्थापनमा पोखरा २० को वडा कार्यालय भलाम खोरमा भएको कार्यक्रममा ७७ जनाको सहभागिता थियो ।


कार्यक्रममा रेडक्रस कास्कीका उपमन्त्री रमा कोइराला न्यौपानेले लैंगिक समानता तथा महिला सशक्तीकरण, डा लक्ष्मण बास्तोलाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर र रेडक्रस कास्कीका वरिष्ठ तालिम अधिकृत नवराज भण्डारीले रेडक्रसको गतिविधिका बारेमा सहजीकरण गरे ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष गंगाबहादुर केसीले विपद्को व्यवस्थापन र मानवीय सेवाको क्षेत्रमा वडा कार्यालयले रेडक्रससँग सहकार्य गर्ने बताए । उनले रेडक्रसका क्रियाकलाप र गतिविधिमा वडा कार्यालयको सकारात्मक सहयोग रहने जनाए ।


रेडक्रस कास्कीका उपमन्त्री कोइरालाले विपद् व्यवस्थापन, मानवीय सेवाको क्षेत्रको अलवा रेडक्रसले लैंगिक समानता, महिला सशक्तिकरण र समावेशिकरणको क्षेत्रमा काम गरेको बताइन् । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २० का वडा सदस्य गञ्जमान गुरुङ र नेपाल रेडक्रस सोसाइटी पोखरा २० उपशाखाका उपसभापति सुस्मिता बस्नेतले रेडक्रसले गर्ने मानवीय सेवा एवं स्वयंसेवी भावनाको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया