पोखरामा बाल यौन दुव्र्यहार गरेको आरोपमा ४६ वर्षीय पुरुष पक्राउ

समाधान संवाददाता २०८० फागुन ३० गते १०:४१

पोखरा ।
पोखरामा बाल यौन दुव्र्यहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृहका ४६ वर्षीय सुरेश श्रेष्ठ मंगलबार पक्राउ परेका हुन् ।


उनीविरुद्ध गत फागुन २८ गते १५ वर्षकी बालिकालाई यौन दुव्र्यहार गरेको उजुरी आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।


बाल यौन दुव्र्यहार कसुरमा ५ दिन म्याद थप गरि श्रेष्ठमाथी आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया