लिटिल गार्डेन मन्टेसरीको ११ औ वार्षिकोत्सव

लेखनाथ । पोखरा महानगरपालिका वडा २७ को तालचोकमा रहेको लिटिल गार्डेन मन्टेसरी एन्ड प्रि–स्कुलले आफ्नो ११ औं स्थापना दिवस तथा अभिभवक भेला सहितको वार्षिकोत्सव सम्पन्न गरेको छ ।
सानासाना बाबुनानीहरुलाई शिक्षाको जग बसाल्नका लागि स्थापना भएको मन्टेसरीको कार्यक्रममा स्थानीय स्तरमा धर्मका बारेमा पनि जानकारी दिने उद्देश्यले भागवत मञ्जरी राधिका दासीद्वारा प्रवचन गरिएको थियो ।
स्थापना दिवस सहितको अभिभावक भेलामा सुरुबाटै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट लोक नृत्यसहितको सांस्कृितक कार्यक्रम,नाटक तथा अन्य हास्य प्रहसन प्रस्तुत गरिएको थियो भने कार्यक्रमको उत्तरार्धतिर भागवत मञ्जरी राधिका दासीले विभिन्न कथाका प्रसंग उठाउँदै अभिभावको निर्देशनमा किताबी ज्ञानको साथमा सही र गलत कुराका बारेमा जानकारी गराउँदै आफ्ना बाबनानीहरुलाई असल,नैतिकवान र संस्कारी बनाउनु पर्नेमा जोड दिएकी थिइन् ।
परिवारमा हुने व्यवहारले बच्चाको आनीबानी सोही अनुरूप विकास हुने भएकाले घरमा बच्चाहरूलाई असल कुराको मात्र जानकारी गराउनुपर्ने आवश्यकता औंल्याउँदै दासीले आफूले आफैलाई व्यवस्थापन गर्नेका लागि एक दिनमा हुने २४ घण्टामध्येको २४ मिनेट आफ्नो स्वास्थ्यका लागि समय छुटाउनुपर्ने सुझाव राखेकी थिइन् ।
राधिका दासी आउने भएपछि अभिभावक देखि स्थानीयहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले बालबालिकालाई असल कुरा सिकाउनसर्वप्रथम अभिभावकहरुको आनीबानीमा परिवर्तन हुनुपर्ने र अहिलेको अभिभावकहरू मोबाइल चलाउने देखि बजारमा पाइने जङ फुडका बारेमा सचेत हुनका लागि अभिभावकहरूलाई आग्रह गरेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख बद्री सुवेदीले अभिभावक बालबालिकाका लागि पहिलो शिक्षक र घर पहिलो पाठशाला भएकाले उनीहरूको मनोभावनालाई बुझेर सकारात्मक व्यवहार गर्न सिकाउनुपर्ने विचार राखेका थिए ।
कार्यक्रममा सम्पूर्ण अभिभावकहरूको तर्फबाट चतुराखर अधिकारीले शिक्षाले खराब कुराको बाटो छोडेर असल र राम्रो आनीबानीको विकास गराउने भएकाले आफूलाई शिक्षा दिने गुरुहरूलाई सदैव सम्मान गर्न सिक्नुपर्ने धारणा राखेका थिए ।
शिक्षिकाहरूको समेत नृत्य प्रस्तुत गरिएको कार्यक्रममा विद्यालयकी संस्थापक प्रिन्सिपल ऋतु पौडेलले स्थापनाको छोटो समयमा विद्यालय प्रदान गरेको गुणस्तरीय शिक्षा र स्थानीयवले गरेको सहयोगका कारण लेखनाथ क्षेत्रभित्र उच्चकोटीको शिक्षा प्रदान गर्ने विद्यालयको रूपमा चिनिँदै आएको बिचार राखेकी थिइन् । आफ्नै विद्यालय प्रांगणामा भएको कार्यक्रमको सञ्चालन रीता गुरुङले गरेकी थिइन् ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया