८५ पुल बने, ५३ बन्दै

गण्डकी ।
गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो ६ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रम अन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार प्रदेशभर ५३ पुल निर्माणाधीन छन् । थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको प्रक्रियामा रहेको उनले जानकारी दिए । ‘प्रदेश सरकार स्थापना भएयता ८५ पुल बनिसके, सम्झौता भएकामध्ये केही पुल निर्माणको अन्तिम चरणमा छन्’, प्रवक्ता पौडेलले भने, ‘सडक सँगसँगै पुल निर्माणलाई मन्त्रालयले प्राथमिकता दिएको छ ।’
सडकको पहुँच पुगे पनि समयमा पुल निर्माण नहुँदा वर्षायाममा ग्रामीण भेगको यातायात सेवा प्रभावित हुँदै आएको थियो । पुल निर्माणले गति लिन थालेपछि प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालनका लागि सहजता थपिँदै गएको प्रवक्ता पौडेलले जनाए । पुलको ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई सचेत गराइएको छ ।
प्रदेशको पूर्वाधार विकास निर्देशनालयका निमित्त प्रमुख डा महेन्द्रबहादुर बानियाँले ३५ पुल बहुवर्षीय आयोजनामा समेटिएको जानकारी दिए । पुलका लागि चालु आवमा ३४ करोड १५ लाख विनियोजन गरिएको इ छ । ‘३५ बहुवर्षीय योजनाका पुलका लागि १ अर्ब ९४ करोड ४७ हजारको स्रोत सुनिश्चित भएको छ’, डा बानियाँ भन्छन्, ‘जिल्लास्थित पूर्वाधार कार्यालयमार्फत योजना कार्यान्वयन हुन्छ ।’
बहुवर्षीय आयोजनाअन्तर्गत चालु आवमा कास्कीमा ३, स्याङ्जा, तनहुँ, लमजुङ र बागलुङमा पाँच/पाँच, गोरखामा ४, नवलपुर, पर्वत, म्याग्दी र नवलपुरमा दुई/दुई र मनाङमा १ पुल निर्माण भइरहेका छन् । यस वर्ष बहुवर्षीयमा गएकासहित ५३ पुल निर्माणाधीन अवस्थामा रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशभित्र सडक, पक्की पुल र झोलुंगे पुल निर्माणको काम पूर्वाधार मन्त्रालयमार्फत हुँदै आएको छ । पछिल्लो ६ वर्षयता प्रदेश सरकारको लगानीमा ६३ झोलुंगे पुल भएको मन्त्रालयले जनाएको छ । हाल १० झोलुंगे पुल निर्माणाधीन अवस्थामा रहेका र ५१ झोलुंगे पुल निमार्ण सुरु हुने चरणमा रहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए ।
सडकतर्फ १ सय ६२ आयोजना बहुवर्षीय आयोजनाका रूपमा निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । प्रदेश सरकारको ‘१ निर्वाचन क्षेत्र, १ सडक’ कार्यक्रम अन्तर्गत ३३ सडक आयोजनाको २ सय ७९ दशमलव ७१ किमी सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गइसकेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण कार्यक्रम अन्तर्गत ११ सडक आयोजनाको कूल ८९ दशमलव ३७ किमी सडकको स्तरोन्नति भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।
‘क’ वर्गका १६ प्रादेशिक सडक आयोजनाहरूको १ सय २२ दशमलव ५५ किमी सडक स्तरोन्नति गर्ने कार्य अगाडि बढेको छ । गण्डकीमा गत आवसम्ममा ६ सय ७४ दशमलव शून्य छ किमी पक्की र ५ सय ६६ दशमलव ८५ कच्ची सडक बनेको मन्त्रालयले जनाएको छ ।









‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया