
पर्वत ।
यहाँको एक शीत भण्डार (कोल्ड स्टोर)मा हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादित स्याउ अहिलेसम्म पनि भण्डारण गरिएको छ । कुश्मा नगरपालिका ९ कटुवाचौपारीका रामबहादुर पौडेल क्षेत्रीले सञ्चालन गरेको माछापुच्छ्रे कागती फार्मको शीत भण्डारमा मुस्ताङी स्याउ भण्डारण गरिएको हो ।
बेमौसममा बजारमा बिक्रीका लागि पठाउने उद्देश्यले गत असोजमा मुस्ताङबाट स्याउ खरिद गरेर ल्याइएको थियो । ५ महिनासम्म शीत भण्डारमा राखिएको भए पनि स्याउ ताजै अवस्थामा छन् । भण्डारण गरिएका स्याउ बजारमा पठाउने तयारी भइरहेको छ । क्षेत्रीका अनुसार लागत अनुसार मुस्ताङको स्याउको मूल्य अहिले ४ सयभन्दा बढी प्रतिकिलो पर्न जान्छ । व्यवसायीले भने उक्त मूल्यमा खरिद गर्न आनाकानी गर्ने गरेको क्षेत्रीले बताए ।
उनले १ सय ८० प्रतिकिलो खरिद गरेर ल्याएका थिए । उनको शीत भण्डारमा अहिले १ हजार ५ सय किलो स्याउ भण्डारण भएको क्षेत्रीले बताए । बेमौसममा बजारमा पठाउँदा उच्च प्रतिफल पनि पाइने र मुस्ताङको स्याउका लागि बजार अभाव पनि नहुने सोचेर भण्डारण गरेको भए पनि अहिले बजार नपाएको उनको गुनासो छ ।
आयातित स्याउभन्दा महंगो मूल्य पर्ने भएकाले फलफूल व्यवसायीले आफ्नो स्याउ खरिद गरेर बिक्री गर्न आनाकानी गर्ने गरेको क्षेत्रीको गुनासो छ । उपभोक्ताले पनि गुणस्तरीय फलफूलभन्दा सस्तो र आयातित नै रोज्ने गरेका कारण स्याउ बिक्री गर्न समस्या भएको क्षेत्रीले बताए । उनले भने, ‘सदरमुकाम कुस्मा र पोखराका व्यवसायीसँग स्याउ बिक्रीका लागि सम्पर्क गरेको भए पनि उनीहरूले आनाकानी गर्ने गरेका छन् ।’
व्यावसायिक कागती खेती गर्दै आएका क्षेत्रीले गत वर्ष गण्डकी प्रदेश सरकारको अनुदानमा शीत भण्डारण निर्माण गरेका थिए । कागतीको मौसम नभएका बेला स्याउ खरिद गरेर भण्डारण गरे पनि अहिले बिक्री गर्न समस्या भएको उनको गुनासो छ । उनले विगत १० वर्षदेखि २० रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गर्दै आएका छन् ।
उनको बगानमा अहिले झन्डै १ हजार कागतीका बिरुवा छन् । कागती उत्पादनमा अब्बल कृषक बनेको भन्दै प्रदेश सरकारले ६० प्रतिशत अनुदानमा उनलाई शीत भण्डार उपलब्ध गराएको थियो । उनको फार्म कागतीको बेर्ना उत्पादनको स्रोत केन्द्रका रूपमा समेत कृषि ज्ञान केन्द्रले मान्यता दिएको छ । यस वर्ष १४ हजार बेर्ना उत्पादन भइरहेको क्षेत्रीले सुनाए ।
क्षेत्रीले कागतीसँगै जिल्लामै पहिलोपटक व्यावसायिक कुरिलोखेतीसमेत गरेका छन् । कागती, कागतीका बेर्ना, कुरिलो र माहुरीपालनसमेत गर्दै आएका क्षेत्रीले वार्षिक खर्च कटाएर १० लाखभन्दा बढी आम्दानी गर्छन् ।
लामो समयसम्म राजधानीमा व्यापार व्यवसाय गरी गाउँ फर्किएका क्षेत्रीले गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्ने र बेरोजगार युवायुवतीलाई स्वरोजगार सृजना होस् भन्ने उद्देश्यले कागतीखेती सुरु गरेको सुनाए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया