सिद्धार्थ क्लबको रक्तदानमा ६६ युनिट संकलन

पोखरा ।
सिद्धार्थ क्लब पोखराको आयोजना, सिद्धार्थटोल टोल विकास संस्था, भवानी आमा समूह, बगालेटोल दिदीबहिनी समूहको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की प्रदेशीय रक्त सञ्चार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ६६ युनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले प्रथम रक्तदाता तथा क्लबका कोषाध्यक्ष सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष बरालले सिद्धार्थ क्लबको बाल, शिक्षा, महिला स्वास्थ्य लक्षित कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक रुपान्तरणका कार्यक्रमहरुमा वडा कार्यलयबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल २०४१ सालदेखि नै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै सभाध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गरिन् ।
संयोजक दिनेश श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले राखे । कार्यक्रम सञ्चालन सचिव विनोद प्रसाद श्रेष्ठले गरेका थिए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया