बिहानी मन्टेसोरी ११ वर्षमा

समाधान संवाददाता २०८० चैत २ गते १६:३५

पोखरा ।
बिहानी मन्टेसोरी प्रिस्कुलको १० औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह बिहीबार भएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बालबालिकाको सर्वांगीण विकासका लागि अभिभावकसमेत जिम्मेवार बन्नुपर्ने विचार राखे ।


आचार्यले विद्यार्थीलाई धेरै होमवर्क र घोकन्ते शिक्षा दिनुभन्दा प्रयोगात्मक विधिबाट सिकाई गर्दा त्यस्ता बालबालिका भविष्यमा अब्बल बन्ने औंल्याए । एक शिक्षकले गलत सिकाउँदा बालबालिकाको भविष्यमा ठूलो असर पर्ने हुँदा शिक्षकहरु क्षमतावान्, नैतिकवान र समर्पित हुनुपर्नेमा उनको जोड छ ।


पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीको जग बसाउने काम मन्टेसोरीबाट नै सुरु हुने हुँदा मन्टेसोरीहरुले बालबालिका मैत्री वातावरणमा शिक्षण सिकाइ गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा डा तुलसीराम खनालले अभिभावक तथा शिक्षकलाई असल अभिभावकत्वसम्बन्धी प्रशिक्षण दिए ।

Advertisement


स्कुलका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल कल्पना रेग्मीले मन्टेसोरीले अपनाएका शिक्षणका पद्धति र भावी योजनाबारे प्रकाश पारिन् । कार्यक्रममा बालबालिकाले विभिन्न सांस्कृतिक कार्यक्रम देखाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया