हिलसाइडमा शिक्षक–अभिभावक अन्तक्र्रिया

समाधान संवाददाता २०८० चैत ४ गते १३:५०

पोखरा।
व्यावहारिक सिकाइका लागि शिक्षक, अभिभावक र विद्यार्थीबिचको सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पोखरा ५ मा रहेको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीका अभिभावकसँग अन्तक्र्रिया गरेको छ ।


वार्षिक परीक्षा नजिकिएको समयमा शनिबार शिक्षक, विद्यालय तथा अभिभावकले छोराछोरीका लागि गर्नुपर्ने प्रयासका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको हो । उक्त अवसरमा नयाँ नेतृत्व तथा थपिने समूहमा संरक्षकका रूपमा पोखरा मालेपाटनका समाजसेवी तथा विद्यालयको भैतिक संरचना रहेका जम्गाधनी बाबुराम बराललाई पनि पाउँदा विद्यालयको दिगो सुरक्षित यात्रा हुने कुरामा विश्वस्त रहेको अभिभावकहरू रेशम अधिकारी, रामप्रसाद शर्मा, कमल तिमिल्सिना लगायतले बताए ।


डिल्लीराम भट्टराईले अबको नयाँ नेतृत्वले बालबालिकाको आवश्यकतानुसारको शिक्षाको प्रबन्ध गर्दै शिक्षा क्षेत्रमा विशेष योगदान गर्ने अपेक्षा गरे । कार्यक्रममा विद्यार्थीको प्रतिभाको व्यक्तिगत भिन्नतामा जोड दिएर अबको यात्रामा लाग्ने भट्टराईले प्रतिवद्धता गरे । उनले अभिभावकका जिज्ञासाको उत्तरसहित गुणस्तरीय प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सधैँ लागिपर्ने प्रतिबद्धतासमेत जनाए ।

Advertisement


विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा संस्थापक पीताम्बर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक तथा प्रशिक्षक होमनाथ भट्टराईले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया