सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क बजारमा

पोखरा ।
सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क पोखरा बजारमा उपभोक्ताका लागि उपलब्ध भएको छ । उपभोक्ताको जरूरत र बजारको गाईको शुद्ध दूधको मागलाई मध्यनजर गर्दै कम्पनीले सफल ह्याप्पी काउ मिल्क बजारमा ल्याएको हो ।
‘सफल ह्याप्पी काउ मिल्क गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ,’ डेरीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘सफल ह्याप्पी काउ मिल्कको प्रत्येक प्याकेट क्रिमयुक्त छ र सम्पूर्ण परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिन्छ ।’
न्यूनतम ३.५ प्रतिशत फ्याट र न्यूनतम ७.५ प्रतिशत एसएनएफ हुने सफल ह्याप्पी काउ मिल्क सजिलै पचाउन सकिने डेरीको भनाइ छ । ‘सफल ह्याप्पी काउ मिल्क एसएनएफ र फ्याटको पूरै सन्तुलन मिलाइएको हुन्छ जस कारण यो टेस्टिएर, क्रिमिएर र हेल्थिएर छ,’ डेरीले भनेको छ, ‘यो दूधमा शरिरलाई चाहिने क्याल्सियन, प्रोटिन र भिटामिनका साथै अन्य मिनिरल पूर्ण रुपमा पाइन्छ जसले गर्दा पौष्टिकता पाउनुको साथ साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।’
हिन्दु रीतिरिवाज अनुसार धार्मिक कार्य जस्तै भगवानलाई अर्पण गर्न, पञ्चामृत बनाउन, त्यसैगरी अन्य शुभ कार्य जस्तै विवाह, ब्रतबन्ध र पूजाका कार्यहरुमा पनि सफल ह्याप्पी काउ मिल्कको प्रयोग गरिने डेरीले जनाएको छ । सफल ह्याप्पी काउ मिल्क बजारमा ५०० मिलिलिटरको पाउचमा उपलब्ध छ । यस्को अधिकतम बिक्री मूल्य ६० रुपैयाँ तोकिएको छ ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया