हिलसाइडमा विद्यार्थी प्रतिभाको व्यक्तिगत भिन्नतामा जोड

पोखरा ।
पोखराको हिलसाइड अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूसँगको बुधबार विद्यालयको सभाहलमा सम्पन्न अन्तक्र्रियाका वक्ताहरूले विद्यार्थी प्रतिभाको व्यक्तिगत भिन्नतामा जोड दिएका छन् ।
वार्षिक परीक्षा नजिकिएको समयमा शिक्षक, विद्यालय तथा अभिभावकहरूले बाबुनानीहरूका लागि गर्नुपर्ने प्रयासहरूका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीहरूको अन्तिम मध्यावधि परीक्षाको नतिजाका बारेमा पनि छलफल गरिएको थियो ।
उक्त अवसरमा नयाँ नेतृत्व तथा थपिने समूहमा संरक्षकका रूपमा पोखरा मालेपाटन निवासी कुशल समाजसेवी तथा विद्यालयको भैतिक संरचना रहेका जम्गाधनी बाबुराम बराललाई पनि पाउँदा विद्यालयको दिगो सुरक्षित यात्रा हुने कुरामा विश्वस्त रहेको अभिभावकहरू प्रमिला पौडेल, डिल्लीराम रेग्मी, टेकप्रसाद अधिकारी, मुना सापकोटा लगायतले बताए ।
पोखराको शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विद्यार्थीका प्रिय पात्र डिल्लीराम भट्टराईले अबको नयाँ नेतृत्व स्थायित्व हुने गरी लिने सुन्दा आफूहरू छोराछोरीको उज्ज्वल भविष्यप्रति ढुक्क भएको विश्वास उपस्थित अन्य अभिभावकहरूले व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थीहरूको प्रतिभाको व्यक्तिगत भिन्नतामा जोड दिएर अबको यात्रामा लाग्ने कुरा व्यक्त गर्दै नयाँ नेतृत्वकर्ता डिल्लीराम भट्टराईले अभिभावकहरूका जिज्ञासाको उत्तरसहित गुणस्तरीय प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सधैँ लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
विद्यालयका संस्थापक एवम् पूर्व प्राचार्य नारायण भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण शिक्षक होमनाथ भट्टराईले गरेका थिए । कार्यक्रममा संस्थापक निर्देशक लीलाप्रसाद पराजुली, संस्थापक तथा सहकार्यकलाप प्रमुख मीनप्रसाद सुवेदीलगायतले बोलेका थिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया