
म्याग्दी ।
रिना बुद्धुजा अहिले आफ्नै आँगनको धारामा २४ सै घण्टा पानी आउँदा दंग छिन् । केही दिनअघिसम्म खानेपानी लिन आधा घन्टा हिँडेर जानुपथ्र्याे । आउँदा उकालो पर्ने भएकाले ४५ मिनेट लाग्थ्यो ।
‘शुद्ध खानेपानी नहुँदा बच्चाहरु बिमारी हुन्थ्ये, त्यही पानी पनि हिउँदमा सुक्ने, बर्षादमा लेदो आउथ्यो,’ बुद्धुजाले भनिन, ‘९१ दिनमा नै घरमा शुद्ध खानेपानी आएको छ ।’ म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङकी रिनामात्र होइन, विभिन्न वडाका करिब ४ सय घरपरिवारमा खानेपानी धारा जडान गरिएको छ ।
गोर्खा वेल्फेयर ट्रस्टको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा पालिकाका नीन वडाका ३ सय ८७ घरमा शुद्ध खानेपानी पुगेको हो । वडा नम्बर ६ खिबाङमा १ करोड १ लाख लागतमा निर्माण भएको खानेपानी आयोजनाका २ ठाउँमा इन्टेक र ७ रिर्जभ ट्याङ्की बनाइएको खिबाङ खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष जयराम विक बताउँछन् ।
गाउँदेखि ६ किलोमिटर टाढाको मुहानबाट खानेपानी ल्याइएको छ । आयोजनाका लागि ७३ लाख ट्रस्टको लगानी र ३१ लाख समुदायको जनश्रमदान परेको छ । गएको मंसिर १६ देखि सुरु भई फागुन ३० मा योजना सकिएको हो । गाउँमा निर्माण गरिएका १ सय ४२ धारामध्ये १३६ घरपरिवारका लागि र अन्य धारा सामुदायिक स्थानमा राखिएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ खिबाङ, ४ को पटार, छेम्दी ३ को दाना बजार, दवाडी र काभ्रेमा निर्माण भएका खानेपानी योजनाबाट करिब १ हजार ९ सय लाभान्वित भएको गोर्खा वेल्फेर ट्रस्टका कन्ट्रक्सन इन्जिनियर लीला पुन शेरचनले जानकारी दिइन् ।
वडा नं. ४ छेम्दीमा ६४ लाखमा बनेको आयोजनामा ४२ लाख ट्रस्ट र २२ लाख जनश्रमदानमा ७२ वटा धारा निर्माण गरिएको छ । खानेपानी आयोजनाबाट ३ सय १० जना लाभान्वित भएका छन् । वडा नं. ३ काभ्रेमा ४३ लाख ट्रष्टको २२ लाख समुदायको श्रमदान गरी ६५ लाखमा निर्माण गरिएका ७५ वटा धाराबाट ३ सय ५३ जनाले शुद्ध खानेपानी पाएका छन् ।
आगामी आर्थिक वर्षमा वडा नम्बर ४ नारच्याङमा २ वटा खानेपानी योजना सञ्चालन गरिने उनले जानकारी दिइन् । नारच्याङको बेसी र लेखगाउँमा संचालन गरिने योजनाका लागि एक करोड १५ लाख रुपियाँ गोर्खा वेल्फेर ट्रष्टले खर्च गर्ने छ । उनका अनुसार यी योजनाहरुमा करिब दुई करोड ४१ लाख खर्च भएको छ ।
साथै आगामी आर्थिक वर्षमा वडा नम्बर ४ नारच्याङमा २ वटा खानेपानी योजना सञ्चालन गरिने उनले बताइन् । नारच्याङको बेसी र लेखगाउँमा सञ्चालन गरिने योजनाका लागि १ करोड १५ लाख रुपियाँ गोर्खा वेल्फेर ट्रस्टले खर्च गर्ने छ ।
गोर्खा वेल्फेयर ट्रस्ट नेपाल, उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रमका निर्देशक दीपककुमार श्रेष्ठले नेपालको ३ प्रतिशत जनसंख्यामा गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा निर्माण भएका खानेपानीको पहुँच पुगेको बताए । उनले ५१ जिल्लामा २ हजार ३ सय ८० खानेपानी योजना गरेको उनको भनाइ छ ।
गाउँपालिका भित्रका जनतालाई स्वच्छ र शुद्ध खानेपानीको पहुँचमा पुर्याउन पालिकाले चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए । पालिकाले विभिन्न संघ, संस्थाको सहयोगमा खानेपानी आयोजना सञ्चालन गरी एक घर, एक धारा निर्माण गरेको छ ।

राकेश शर्मा
शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया