पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित जुनियर टेनिस हुने

पोखरा ।
पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’को तयारी सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत २१ गतेबाट २५ गतेसम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा १४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने कास्की टेनिसका सचिव नवीन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाइज तथा गल्र्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा यु १२ ब्वाइज तथा गल्र्स सिंगल्स बिजेताले जनही नगद १० हजार तथा उपविजेताले जनही नगद ५ हजारसहित मेडल प्राप्त गर्ने छन् । यु १४ ब्वाइज तथा गल्र्स सिंगल्स विजेताले समान जनही नगद१५ हजार, उपविजेताले समान जनही नगद ७ हजार ५ सयसहित मेडल प्राप्त गर्ने छन् ।
यु १६ ब्वाइज तथा गल्र्स सिंगल्स विजेताले समान जनही नगद २० हजार, उपविजेताले समान जनही नगद १० हजार तथा ब्वाइज तथा गल्र्स ओपन डबल्सतर्फ विजेताले समान जनही नगद २० हजार र उपविजेताले समान जनही नगद १० हजारसहित मेडल प्राप्त गर्ने छन् । यू–८, यू–९ र यू–१०, ब्वाइज तथा गल्स सिंगल्स विजेता तथा उपविजेताले नगदसहित गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने सचिव श्रेष्ठले जानकारी दिए ।
जुनियर प्रतियोगिताले पोखरामा टेनिस खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउँदै विद्यार्थीहरुलाई उक्त प्रतियोगिता अवलोकन गराउन कास्की टेनिसका अध्यक्ष लोकबहादुर गुरुङले आग्रह गरेका छन् । प्रतियोगितालाई कास्की टेनिसका संरक्षक मोहनबहादुर शाहीले तीन वर्षदेखि मुख्य प्रायोजन गर्दै आएका छन् । प्रतियोगितामा करिब १ सय खेलाडीको सहभागिता हुने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया