पोखरा र ललितपुर उद्योग वाणिज्य संघबीच सहमति

पोखरा ।
पोखरा र ललितपुर उद्योग वाणिज्य संघबीच पर्यटन तथा हस्तकला उद्योगसँग सहकार्य गर्ने सहमति भएकाे छ ।
अध्ययन अवलोकन भ्रमणको क्रममा मंगलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य संघको स्वागतमा आयोजित अन्तक्रिया कार्यक्रममा सो सहमति जुटेको हो ।
पोखरा पर्यटकीय राजधानी घोषित सहर हो भने ललितपुलाई विश्व हस्तकला संघले हस्तकलाको राजधानी घोषणा गरेको छ । नेपालबाट निर्यात हुने ८० प्रतिशत हस्तकलामा सामग्रीहरु ललितपुरमै उत्पादन हुन्छन् ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संंघ विकासको अभियन्ता भएको जिकिर गरे । पोखराको शिक्षा, स्वास्थ्य र पर्यटन विकासका संघले खेलेको भूमिकाबारे चर्चा गर्दै उनले भने, ‘पोखरा उद्योग वाणिज्य संघ व्यापारीको संस्थामात्र नभएर सामाजिक जागरण र विकासको अभियन्ता हो ।’
उनले पोखरा उद्योग वाणिज्य संघले हस्तकलासहितका मौलिक नेपाली उत्पादनहरुको बिक्री र प्रदर्शनीको लागि कोसेली घर निर्माणको अभियान थालेको बताउँदै सो अभियानमा ललितपुरसँग सहकार्य गरिने बताए ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वलाल बज्राचार्यले हस्तकलाको लागि ललितपुर प्रख्यात रहे पनि पुरानो पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा समस्या देखिएको बताए । ललितपुर उद्योग वाणिज्य संघले सीप हस्तान्तरणको लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद र महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा बोल्दै ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मनोजबहादुर न्याचुनले बजार अनुगमनको नाममा व्यवसायीलाई दुःख दिने काम बन्द गर्नुपर्ने बताए ।
कार्यक्रममा लतिपुर उद्योग वाणिज्य संघकी सर्जना श्रेष्ठ, सुजन बज्राचार्यलगायतले पोखरा उद्योग वाणिज्य संघका गतिविधि तथा यहाँको पर्यटन उद्योगको अवस्थाबारे जिज्ञासा राखेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया