गण्डकीमा सरकार गठन गर्न आह्वान
समाधान संवाददाता
२०८० चैत २१ गते १४:२५

पोखरा ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठन गर्न आह्वान गरेका छन् । मुख्यमन्त्रीबाट बुधबार सरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख भट्टले आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न संविधानको धारा १ सय ६८ को उपधार २ अनुसार आह्वान गरेका हुन् । भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मिति २०८० चैत २७ गते मंगलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने दाबी पेश गर्न आह्वान गर्छु ।’

सम्बन्धित









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया