सिटीवान टेलिभिजनको क्यालेन्डर

पोखरा ।
पोखराको नयाँबजार स्थित सिटीवान टेलिभिजनले वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको छ । कार्यालय परिसरमा शनिबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान समारोहमा क्यालेण्डर सार्वजनिक गरिएको हो ।
गण्डकी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले क्यालेन्डर सार्वजनिक गरे । टेलिभिजनले उक्त क्यालेन्डर १० हजार प्रति प्रकाशन गरेको छ । प्रबन्ध निर्देशक अनिशा श्रेष्ठका अनुसार क्यालेन्डर गण्डकी प्रदेशका सबै पालिका र वडा कार्यालय, व्यावसायिक प्रतिष्ठान, सरकारी तिथा गैरसरकारी निकायका कार्यालयहरु लगायतमा वितरण गरिनेछ ।
यसका साथै काठमाडौं र प्रमुख सहरका मुख्य व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानमा पनि क्यालेण्डर उपलब्ध गराइनेछ ।
क्यालेन्डर सार्वजनिक गर्दै न्यौपानेले व्यावसायिक र मूलधारका मिडियालाई भन्दा सामाजिक सञ्जालहरुलाई समाजले बढी विश्वास गर्ने प्रवृत्ति देखिएकाले पत्रकारहरु यसतर्फ सचेत हुनुपर्ने बताए ।
नेकपा एमाले गण्डकी प्रदेश सभाका सचेतक गोविन्दबहादुर नेपालीले आउँदो वर्ष राजनीतिक र आर्थिक रुपमा सबल हुनेमा विश्वास व्यक्त गरे ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभाका सचेत कुसुम बुढा, गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर, नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, सिटी वान टेलिभिजनका उपाध्यक्ष चिनु गुरुङ लगायतले कार्यक्रममा बोलेका थिए । सिटी वान टेलिभिजनका अध्यक्ष पवन प्रजापतिको अध्यक्षतामा कार्यक्रम भएको हो ।
तपाईको प्रतिक्रिया