जोमसोममा भाँसिएको सडक खुल्यो

जोमसोम ।
बेनी जोमसोम सडक अन्तर्गत जोमसोममा भाँस्सिएकोसडक ५ घण्टापछि आइतबार साँझ खुलेको छ । सडक आइतबार बिहान भाँस्सिएको थियो ।
मुख्य राजमार्गमा करिब एक सय मिटर जमिन तल भास्सिदा जोमसोमबाट मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने सयौं सवारी साधन अलपत्र परेका थिए । बेनी जोमसोम ७६ किमी सडकको चौथो खण्ड खन्तीदेखि जोमसोम पक्की पुलसम्मको घरपझोङ ४ जोमसोमको मुस्ताङ अस्पताल नजिक सडक यसअघि पनि भाँस्सिने गरेको थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी, जनप्रतिनिधि र निर्माण व्यवसायीको पहलमा अवरुद्ध सडक खुलाइएको हो । पन्तले अवरुद्ध सडक तत्कालका लागि माटो फिलिङ गरी एकतर्फी रुपमा खुलाइएको जनाए ।
बेनी जोमसोम कोरला सडक आयोजनासँग २०७४ मा ठेक्का सम्झौता भएको खन्ती जोमसोम १६ किमी सडक अन्तर्गत ८ महिनाअघि करिब १ सय मिटर सडक भाँस्सिएको थियो । त्यहाँ कालिगण्डकी नदीदेखि करिब ५० मिटर तलबाटै सडक पुगेको थियो । त्यहाँ एकतर्फी रुपमा सवारी आउजाउ गर्ने गरी सडक बेस बनाइएकोमा फेरि सडक भाँसिन पुगेको हो ।
चैते दसैंको औसी तिथिमा श्राद्ध गर्ने, तर्पण दिने र मुक्तिनाथ दर्शन गर्न आएका हजारौं तीर्थयात्री सडक अवरुद्ध हुँदा जोमसोममा अलपत्र परेका थिए । बेनी जोमसोम सडकको चौथो खण्डमा निर्माण कम्पनीले चरम ढिलासुस्ती भएको छ । यो खण्ड पप्पुगौरी पार्वती कोशी एन्ड न्यौपानेले ७० करोड ५२ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया