पोखरा मोटो ईन्डूरो क्रस च्याम्पियनसिपमा राजेश र वर्षा विजयी

पोखरा ।
पोखरा राइडर्स क्लबको आयोजनामा पोखरा मोटो ईन्डूरो क्रस च्याम्पियनसिप २०२४ सकिएको छ । प्रतियोगितामा महिला र पुरुष गरि ५६ खेलाडी सहभागी थिए ।
प्रतियोगितामा पुरुषतर्फ राजेश मगर विजेता बने । अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । तीस प्लस मास्टर्समा राज शहीले पहिलो, विकास श्रेष्ठले दोस्रो र अजित बराल तेस्रो स्थान प्राप्त गरे ।
महिला तर्फ वर्षा बस्नेतले टाइटल जितिन् भने मन्दिरा भण्डारी उपविजेता र पोखराकी सुरक्षा केसिले तेस्रो स्थान हासिल गरिन् ।
५ किलोमिटरको ट्रर्याक निर्माण गर्न झन्दै ३ महिना भन्दा बढी समय लागेको आयोजकको जनाएको छ ।
उपसभामुख ईन्दिरा रानाले एड्भेन्चर खेलहरूले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुग्ने बताइन् । नेपाल अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष अनिलकुमार बरालले खेलाडीलाई अनुशासनको सपथ ग्रहण गराएका थिए । डर्ट बाइक खेललाई पोखरा राइडर्स क्लबले नेपालमा भित्राएको क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताए ।
आउटडोर स्पोर्ट्सहरुले पर्यटनको राजधानी पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने नेपाल अटोमोबाइल एसोसिएसन गण्डकीका अध्यक्ष शिव श्रेष्ठको भनाइ छ । ३०+ मास्टर्सको सातै जना र महिला पुरुष दुवैतर्फका चौथो र पाचांै हुनेलाई हाइग्राउण्डका दिनेश महर्जनले गिफ्ट ह्याम्पर पदान गरे । विजेता हुनेले १ लाख ५० हजार प्राप्त गरे भने पुरुषमा दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार पाए ।
सबै निकाय र खेलप्रेमीहरुको साथ र सहयोग भएमा प्रतियोगितालाई निरन्तरता दिइने कार्यक्रम निर्देशक जगत धौलीले बताए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया