मानव बेचबिखन विरुद्ध ‘उद्देश्यसहितको यात्रा’ टोली पोखरामा

पोखरा ।
नेपालमा बर्सेनि थुप्रै बालबालिका हराउँछन् । तीमध्ये कतिपयको बेखबिखन हुन्छ र कतिपयलाई निकृष्ट काममा पनि लगाइन्छ । यस्तो अवस्था भारतमा पनि छ । भारत मेघालयको सिलोङकी हसिना खार्बी र युरोपका कार्लाेस नोभारो बालबालिकाको सुरक्षा र जलवायु परिवर्तनको अभियानमा छन् । जलवायु परिवर्तन पनि किनभने यसले गरिबीसमेत निम्त्याउँछ र गरिबीले बालबालिकालाई जोखिममा पार्छ ।
जलवायु परिवर्तनको असर कम गराउने र मानव बेचबिखन नियन्त्रणमा योगदान गर्ने उद्देश्यसहितको यात्रामा कार्लाेस, हसिना लगायतको टोली मंगलबार पोखरा आइपुगेको छ । उनीहरु झन्डै महिनादिन अघि मेघालयको सिलोङबाट हिँडेका थिए । टोलीमा भारत, युरोपका विभिन्न देश र दक्षिण अमेरिकी देशका नागरिकसमेत सामेल छन् ।
उनीहरु मोटरसाइकल यात्रा गर्दै पोखरा आइपुगेका हुन् । उनीहरुले मंगलबार पोखराको भरतपोखरी वागमारामा वृक्षरोपण पनि गरेको छ । जलवायु परिवर्तन कम गर्न आवश्यक रुख बिरुवाको संख्या वृद्धिको उद्देश्यका साथ उनीहरुले अक्सिजन धेरै उत्पादन गर्ने पीपल, समी, रुद्राक्ष लगायतका रुख रोपेका थिए ।
स्पेनको मेड्रिडका इनिगो डे नेभारा र जौन कार्लाेस कोरभारा पनि हसिनाको टोलीमा पोखरा आएका छन् । कार्लोस स्पेनमा बाउन्सर डिजिटलका संस्थापक हुन् । डेभारा र कोरभारा दुवै बालबालिकालाई डिजिटल माध्यमबाट बालबालिकालाई हानि हुन नदिने अभियानमा छन् । हसिनाहरुले बालबालिका बेचबिखन विरुद्ध अभियान चलाइरहेको कुराले उनीहरुलाई प्रभावित ग¥यो । ‘मेरा ५ जना बालबच्चा छन्, अरु थुप्रै बालबच्चाहरुको लागि पनि मैले काम गर्नुपर्छ भनेर अभियानमा जोडिएँ,’ नेभाराले भने, ‘नेपाल र भारतमा पनि के गर्न सकिन्छ भनेर यहाँ आएको हुँ ।’

उद्देश्यसहितको यात्रा नारासहित उनीहरु मोटरसाइकल यात्रामा आएका छन् । हसिना इम्प्लस एनजिओ नेटवर्कसँग आवद्ध छिन् । यो नेटवर्क नेपालमा इरिकन संस्थासँग मिलेर अभियानमा जोडिएको छ । इरिकनकी अध्यक्ष मीना शर्मा र कार्यकारी निर्देशक कपिल काफ्ले पनि यसै सन्दर्भमा पोखरामा आएका छन् ।
उनीहरुलाई पोखरा पर्यटन परिषदका उपाध्यक्ष तारानाथ पहारी, पर्यटनकर्मी राजेश पहारी र नाट्टाका हरिराज अधिकारीले पोखरामा स्वागत गरे । उनीहरुले ‘उद्देश्यसहितको यात्रा’लाई पर्यटनमा जोड्न आग्रह गरे ।










एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
सर्भर स्लो, राजस्व लक्ष्य टाढा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया