शिक्षक संगठन कास्की अध्यक्षमा तीर्थराज

समाधान संवाददाता २०८१ वैशाख २ गते १२:५३

पोखरा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की जिल्ला समितिको १४ औं अधिवेशनबाट अध्यक्षमा तीर्थराज ढकाल सर्वसम्मत भएका छन् । बिहीबार भएको अधिवेशनबाट खुला उपाध्यक्षमा प्रदीप न्यौपाने, महिला उपाध्यक्ष देवीकुमारी केसी, सचिव दामोदर तिमिल्सिना, कोषाध्यक्ष माधव पहारी, सहसचिव जुना थापा र सहकोषाध्यक्षमा शान्ता पराजुली चुनिए ।

Advertisement


सदस्यमा भगवती लामिछाने, यमुना सुवेदी, तोरणबहादुर केसी, विजय शर्मा, सूर्यमोहन ढकाल, जितबहादुर थापा, दशरथ सापकोटा, डिल्लीराम देवकोटा, टेकमाया आचार्य, अनिता राई, बाबुराम भुजेल, उमिता घमाल, विश्वनाथ सुवेदी, हरिबोल गौतम र सरिता ढकाल निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा प्रकाश शर्मा रेग्मी र सदस्यमा नवीनराज पौडेल र गोविन्द सुवेदी छन्।


राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा जगन्नाथ अधिकारी, यामनाथ सुवेदी, विष्णुहरि त्रिपाठी र रेखा लम्साल निर्वाचित भएका छन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो देशको भाषा संस्कृति परम्परा रीतिरिवाज र शिक्षालाई जोगाउने अभिभारा शिक्षकहरुमा भएको उल्लेख गरे ।

Advertisement


कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका इन्चार्ज वाइबी कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेल, शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य लोचना अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेल, गण्डकी प्रदेशका महासचिव ध्रुवराज सिग्देल, गण्डकी प्रदेशका कोषाध्यक्ष बोधराज पौडेल, सदस्य उमनाथ गौतम, नेकपा एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री र शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया