जनप्रिय माविमा पूर्वविद्यार्थीको तदर्थ समिति

समाधान संवाददाता २०८१ वैशाख २ गते १६:१६

पोखरा ।
पोखरा ८ सिमलचौरको जनप्रिय माविमा ब्याच २०४७/४८ का विद्यार्थीको तदर्थ समिति गठन भएको छ । शनिबार भएको भेलाबाट भरतराज सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।


समितिको वरिष्ठ उपाध्यक्षमा विश्व बिजुक्छे, उपाध्यक्ष देवी थापा, सचिव मोहन पराजुली, कोषाध्यक्ष वीरबहादुर अधिकारी, सहसचिवमा विष्णु भण्डारी र सहकोषाध्यक्षमा बलराम बास्तोला छन् । समितिका सदस्यमा इन्द्र गुरुङ, भरतराज शर्मा, जुनु श्रेष्ठ र जीवन श्रेष्ठ छन् । विद्यालयका पूर्वशिक्षक नारायण पराजुलीले यो भेलाले विद्यार्थीलाई विद्यालयप्रति जिम्मेवार बनाएको बताए ।


भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नारायण सुवेदी, विद्यार्थी देवी थापा, विष्णु भण्डारी, मोहन पराजुली, विश्व बिजुक्छे लगायतले बोलेका थिए । शैक्षिक विकास र सामाजिक कार्यमा विद्यालयसँग हातेमालो गर्दै संस्था अघि बढ्ने तदर्थ समितिका अध्यक्ष सिग्देलले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया