बारा–पोखरा समाजको शुभकामना

समाधान संवाददाता २०८१ वैशाख २ गते १६:२९

पोखरा ।
पोखरा र आसपासमा बसोबास गर्ने बाराबासीबीच नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान भएको छ । बारा–पोखरा सम्पर्क समाजले २०८१ सालको भित्तेपात्रो प्रकाशनसहित शुभकामना आदानप्रदान गरेको हो ।


कार्यक्रममा वैदेशिक रोजगार वोर्डको सचिवालयका कार्यकारी निर्देशक एवं बाराको कोल्बी निवासी डा. द्वारिका उप्रेती, वन विज्ञान अध्ययन संस्थान पोखराका सहप्राध्यापक एवं सिमरा निवासी डा नारायणप्रसाद गौतम, सल्लाहकार गोविन्द खतिवडा, निवर्तमान अध्यक्ष माधव खतिवडा लगायतले शुभकामना व्यक्त गरेका थिए ।


समाजका अध्यक्ष होमविलास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, उमेश ठाकुर र सञ्चालन सचिव राजेन्द्र आचार्यले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया