नयाँ वर्षमा विद्यार्थीलाई एगाको साथ

समाधान संवाददाता २०८१ वैशाख २ गते १६:५९

पोखरा ।
इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसियसन(एगा) पोखराले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदानसहित शैक्षिक सामाग्री सहयोग गरेको छ ।

पर्यटकले चिनारीका रुपमा लैजाने सामग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरासहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ भारतीडाँडास्थित परशु आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।


एगा पोखरा अध्यक्ष ईन्द्र भण्डारीले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बर्सेनी यस किसिमका कार्यक्रम गर्दै आएको जनाए । उनले उत्पादनमा आधारित भएर एगाले विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धन गरिरहेको उल्लेख गरे । पोखरा पर्यटन परिषद्का साथै पर्यटन सम्बद्ध संघ, संस्थाका पर्यटन प्रवद्र्धनका कार्यक्रममा संस्थाको निरन्तर रुपमा सक्रिय सहभागिता रहने उनको भनाइ छ ।

Advertisement


पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्लो समयमा पोखरामा बढेको पर्यटकको आकर्षणले उत्साह थपेको जनाउँदै २०८१ मा २० लाख पर्यटक पोखरा आउने विश्वास व्यक्त गरे । पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा एगा पोखराले खेल्दै आएको भूमिकाको उनले प्रशंसा गरे ।


पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले नयाँ वर्ष २०८१ ले पर्यटन व्यवसायीमा थप उमंग र उत्साह ल्याउने बताउँदै सबैमा व्यावसायिक सफलताको शुभकामना दिए । एगा पोखरा सचिव गीता ढकाल (पौडेल), उपाध्यक्ष गोकर्ण लम्साल, निवर्तमान अध्यक्ष विश्वराज पोख्रेल, कार्यक्रम संयोजक माया सुवेदी, सद्भाव समिति सदस्य गोविन्द अधिकारी, पत्रकार प्रमुख वासुदेव पौडेल लगायतले कार्यक्रममा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया