बागलुङ–पोखरा मगर समाजको सभा

समाधान संवाददाता २०८१ वैशाख २ गते १७:१५

पोखरा ।
बागलुङ–पोखरा मगर समाजको १७ औं वार्षिक साधारणसभा तथा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान एवं भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।


शुक्रबार आयोजित कार्यक्रममा जैमिनी नगरपालिका वडा नं. १०, बागलुङका पूर्व वडाध्यक्ष नरबहादुर थापा, जैमिनी नगरपालिका वडा नं. ६, बागलुङका पूर्व वडाध्यक्ष नरबहादुर पुनलगायतले भित्तेपात्रो लोकार्पण गरे । त्यस अवसरमा समाजका संस्थापक अध्यक्ष दलबहादुर थापा, पूर्व अध्यक्ष एवं सल्लाहकारहरू क्या. मीनबहादुर पुन, भीमबहादुर श्रीस, रामबहादुर पुन, क्या. सकबहादुर पुन, मनबहादुर थापा, पूर्व सहसचिव नरबहादुर पुनलगायतले नयाँ वर्षको शुभकामना मन्तव्य व्यक्त गरे ।


कार्यक्रममा समाजका ज्येष्ठ सदस्यद्वय ८२ वर्षीय दधिराम थापा र ८१ वर्षीय नरबहादुर पुनलाई ज्येष्ठ नागरिक सम्मानबाट सम्मानित गरिएको थियो । त्यसैगरी, उच्च शिक्षाका विभिन्न शैक्षिक उपाधि प्राप्त गर्ने विद्यार्थीहरू झरना श्रीस, हेमन्ती थापा, सुदीप थापा, सिजन थापा, करिमा थापा, करुणा थापा, इन्द्रबहादुर थापा, भविना राना, मनिषा काउचा, सोनी थापा र दुर्गा पुनलाई पनि सम्मान गरिएको थियो ।

Advertisement


समाजका अध्यक्ष सुबेदार चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीस र सहकोषाध्यक्ष नरमाया पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले सचिव रूद्रबहादुर श्रीसले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण पुनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया