सम्पादकीयः अधिकार सूचि र क्षेत्राधिकारको सवाल

संघीयताको कार्यान्वयनमा आएसँगै नेपालमा तीनतहका सरकार बनेका छन् । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तह क्रियाशील छन् । नेपालको संविधान अनुसार तीन तहको सरकार एकल तथा साझा अधिकार सूचि अन्तर्गतमा रहेकार काम गरेका छन् ।
नेपालको संविधानको धारा २३२ अनुसार तीनतहको सरकारको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित भएर चल्न पर्छ । आफ्नो आफ्नो कार्यसूचि अनुसार नचल्दा सरकारबीच मनमुटाव बढेको देखिन्छ । अधिकार सूचि तथा क्षेत्राधिकारको सवालमा भएका मन मुटावले संघीयता कार्यान्वयनमा चुनौती थपिएको छ ।
सरकारहरु बीचको अधिकार सूचि तथा क्षेत्राधिकारको सवाललाई दीघकालिन रुपमा सामाधान गर्न उच्च स्तरीय छानवीन समिति बनाइएको थियो । तीन तहको सरकारको प्रतिनिधित्व हुने गरी बनेको समितिले उठेका सबै सवाललाई सम्बोधन हुने गरी तयार पारेको प्रतिवेदन संघीय सरकारलाई बुझाएको छ । मन्त्रीपरिषदको बैठकले पारित गरेपछि प्रतिवेदन कार्यान्वयनमा आउने छ ।
संघीयता कार्यान्वयनको गतिलो दस्तावेजको रुपमा लिइएको प्रतिवेदन कार्यान्वयनमा आएपछि तीन तहको सरकार बीचको अधिकार सूचिबारेका अस्पटता हट्नुका साथै एकल सूचिका अधिकारमा हस्तक्षेप गर्न नसकिने अपेक्षा गरिएको छ । क्षेत्राधिकार, अधिकार सूचिका मात्र नभएर राजस्व बाँडफाँड र अनुदान वितरण लगायतका सवाललाई हल गरेर वित्तीय संघीयताको कार्यान्वयन गर्नु पर्छ ।
नेपालको केन्द्रीकृत तथा एकात्मक शासन व्यवस्थाको सट्टामा सेवा प्रवाहलाई तल्लो भन्दा तल्लो तहसम्म पुर्याउन केन्द्रीकृत शासन व्यवस्थाको विकल्पमा विकेन्द्रीकरणको अभ्यास समेत गरियो । विकेन्द्रीकरण सिद्धान्त अनुसार सेवा प्रवाहका काम भएतापनि प्रभावकारी बन्न नसकेको कारण त्यसको विकल्पमा संघीयता शासन व्यवस्था अपनाईको छ ।
तीनतहको सरकार अन्तर सरकारी सम्बन्धलाई संघीयताको कार्यान्वयनका लागि प्रयाप्त मात्रामा ध्यान दिनु पर्छ । तीनतहको सरकारको अधिकारको बाँडफाँड र साझा अधिकार,कानुन निर्माण र प्रयोग, वित्तीय स्रोतको व्यवस्थापन, प्रशासनिक संघीयता व्यवस्थापन, राष्ट्रिय र प्रादेशिक नीति, विवादको समाधानमा चासो दिनु आवश्यक छ ।
संघीय सरकारले अधिकारको प्रयोग गर्दा खास गरी साझा अधिकारको प्रयोग, कानुनी अन्तर सम्बन्धलाई ख्याल गर्नु पर्छ । नेपालको संविधान र संघीय कानुनसँग बाझिने गरी प्रदेश तथा स्थानीय तहले कानुन बनाउन पाउदैनन् । साझा अधिकारका सूचीमा रहेका सम्बन्धित कानुन निर्माण गरेर प्रदेश तथा स्थानीय सरकारलाई बाटो खोली दिन ढिलाई गर्नु हुदैन ।
संघीयता कार्यान्वयनको सुरुको अवस्थामा समेत संघीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन गरेको काम गरिएको थियो । क्षेत्राधिकारको सवाल तथा अधिकारका सूचिमामा संघ सरकारको हस्तक्षेपको कारण संघीयताको औचित्यबारे नै बारम्बार प्रश्न उठिरहेको पनि थियो । संघीयता सम्बन्धी मुद्दा सबभन्दा जटिल र चुनौतिपूर्ण रहँदै आएको अवस्थामा तीन तहको सरकार बीचको क्षेत्राधिकार र अधिकार सूचिको सवाललाई टुंगोमा पुर्याउने काम आफैमा सरकारात्मक र स्वागतयोग्य छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया